सहकार्य र सहयोग गरेको प्रति आभार व्यक्त :- मौलाना मशहूद
कपिलवस्तु, कार्तिक ५
आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ।
मौलाना मशहूद खां नेपाली करिब २६ महिना देखि लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष भएर काम गर्दै मदरसा शिक्षा व्यवस्थापनमा राम्रो पहल गर्दै आएको मदरसाका मौलाना हरू बताउछन्।
हाम्रो टीमले उपाध्यक्ष मौलाना मशहूद खां संग कुरा गर्दा उहाँले मलाई नेकपा माओवादी केन्द्र पार्टी सरकारमा हुदाँ मदरसाको व्यवस्थापन जिम्मेदारी दिएको प्रति धन्यवाद दिदै अहिले सम्म मलाई तथा मदरसा व्यवस्थापनमा साथ र सहकार्य गरेका केन्द्रीय सरकार, लुम्बिनी प्रदेशका विभिन्न मुख्यमंत्री ज्यू, सामाजिक विकास मंत्री हरू, कर्मचारी लगायत सहयोग गर्ने सम्पूर्ण प्रति हार...









