Thursday, May 21
Shadow

ब्यानर समाचार

दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’ परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडब...
आमासहित कर्णाली नदीमा हाम्फालेकामध्ये ४ को शव फेला, एक जना अझै बेपत्ता

आमासहित कर्णाली नदीमा हाम्फालेकामध्ये ४ को शव फेला, एक जना अझै बेपत्ता

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागनु २५ । कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ ।दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन् । उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो । आमा सुखी र वर्ष ८ का ललितको शव आज ९मङ्गलबार० दिउँसो कर्णाली नदीमै भेटिएको हो । ५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ ।घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ । सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी...
सभापति देउवा र दाहालबीच भेटवार्ता, सरकार गठनका विषयमा छलफल

सभापति देउवा र दाहालबीच भेटवार्ता, सरकार गठनका विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागनु २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बुढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबी आगामी सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ । उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो।...
एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २५ । निर्वाचन आयोगले नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ । सर्वोच्च ...
चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , फागनु २५ । दैलेखकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिएको छ। अन्य बेपत्ता छन् । आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । यता स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।...
माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , फागुन २५ । तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक घटनाक्रम र भावी सरकारलाई लिएर जनता समाजवादी पार्टीको पनि संसदीय दलको बैठक मंगलबार नै बस्दै छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अहिले कायम रहेका सांसद संख्या २७० मध्ये सरकारको पक्ष÷विपक्षमा कम्तीमा १३५ सांसद आवश्यक पर्छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थनमा सरकार बचाउन सक्छन् । एमाले १२१ लाई जसपा ३४ ले समर्थन गरे १५५ र कांग्रेस ६३ ले समर्थन गरमा १८४ सांसद पुग्छन् । त्यस्तै, विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बने सरकार बनाउन सक्ने अंकगणित १५० पुग्छ । प्रतिनिधिसभामा...
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
कर्णाली , फागनु २५ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७(७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन् । उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहर...
आजको मौसमः यी स्थानमा छ मेघ गर्जनसहति पानी  पर्ने सम्भावना

आजको मौसमः यी स्थानमा छ मेघ गर्जनसहति पानी पर्ने सम्भावना

ब्यानर समाचार, मौसम
काठमाडौं , फागनु २५ । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जनसहति हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।...
सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागनु २४ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानून निर्माण गरेको बताएकी छन्। १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवादमा मन्त्री अर्यालले विश्वका महिला धेरै अगाडि बढिरहँदा अहिले पनि नेपालका महिला असुरक्षित रहेको भन्दै विभिन्न निहुँमा किशोरीमाथि एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरूप बनाइदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानूनको व्यवस्था गरेको बताइन्। ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाको जीवन बर्बाद पार्ने, जीवनभर कुरूप बनाइदिने घटना बढ्दै गए। हामीसँग एसिडसम्बन्धी कानून रहेनछ’, उनले भनिन्, ‘त्यसकारण सरकारले क्षतिअनुसार कडाभन्दा कड...
प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ । सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निष्कर्षसहित नेपाल समूह बाहिरिएको छ । अब प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने नेपाल समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । अदालतको फैसला अनुसार नै नेपाल समूह एमालेमै जानुपर्ने भएको र अनौपचारिक स्थायी कमिटी बैठकमा यस्तै निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।...