Saturday, April 20
Shadow

आमासहित कर्णाली नदीमा हाम्फालेकामध्ये ४ को शव फेला, एक जना अझै बेपत्ता


  • -इ
  • इ+

काठमाडौं, फागनु २५ । कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ ।दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन् ।

उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो । आमा सुखी र वर्ष ८ का ललितको शव आज ९मङ्गलबार० दिउँसो कर्णाली नदीमै भेटिएको हो ।

५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ ।घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ ।

सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

सुखीका श्रीमान् मानसिंह बडुवालले श्रीमतीसहित परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि परिवारले नै संयुक्त आत्महत्या गरेको बताइएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares