Thursday, May 21
Shadow

ब्यानर समाचार

फिफा विश्वकप : फ्रान्स सेमिफाइनलमा

फिफा विश्वकप : फ्रान्स सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।...
इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । ...
सुकुम्बासीलाई धनीपुर्जा वितरण

सुकुम्बासीलाई धनीपुर्जा वितरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले झापाको कनकाई–८ का  २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो । नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । “भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् । बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् ।...
नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।...

फिफा विश्वकप : अर्जेन्टिना सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो । ...
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । ...
पैदलयात्रामा वन्यजन्तुबाट जोखिम

पैदलयात्रामा वन्यजन्तुबाट जोखिम

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दानासमेत केही समय अगाडि भालुले नोक्सान गरेको थियो । पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि पत्ता लगाउन भोलिपल्ट सिसीटिभी हेर्दा जङ्गली भालुको टाउकाले झ्यालको सिसा फो...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सिट बाँडफाँड गरेर नाम बुझाउन पत्राचार गरेसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। निर्वाचन आयोगले भोलि दिउँसोसम्मको समय दिएर सांसदहरूको क्लष्टर पेस गर्न पत्राचार गरेपछि दलहरु समानुपातिक सांसद छान्न छलफलमा जुटेका हुन्। बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ।...