Thursday, May 21
Shadow

ब्यानर समाचार

क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

आर्थिक, जिवनसैली, ब्यानर समाचार, मनोरञ्जन, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १४ सरकारले गत शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले गर्ने विज्ञापन प्रसारण रोक्ने व्यवस्था (क्लिन फिड) नीति लागू गरे पनि यसबाट आम उपभोक्ता प्रभावित बनेका छन् । एक वर्षअघि नै ऐन पारित भइ क्लिन फिड लागू गर्ने मिति तय भइसके पनि सेवा प्रदायकले पर्याप्त तयारी नगर्दा उपभोक्ताले अग्रिम शुल्क तिरेर पनि विभिन्न च्यानल हेर्न पाएका छैनन् । खासगरी इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने ठूलो संख्याका दर्शक यसबाट प्रभावित बनेका छन् । गत वर्षको कात्तिकबाटै क्लिन फिड लागू गर्न भन्दै एक वर्षको समय दिए पनि पर्याप्त तयारी हुन नसक्दा उपभोक्ता भने मारमा परेका छन् । नेपालमा यसअघि प्रसारण भइरहेका झण्डै तीन दर्जन विदेशी टेलिभिजन च्यानल प्रभावित भएका छन् भने ती च्यानलका लाागि पैसा तिरेका ग्राहक मारमा परेका छन् । क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर...
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

जिवनसैली, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक ११ आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ । कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति स...
संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ११ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो। कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभएको छ। गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २...
सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

ब्यानर समाचार, राजनिती, सुचना प्रविधि
  काठमाण्डौँ, कार्तिक ११ राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो। 'कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक सञ्जाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ। हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं,' कार्यालयले भनेको छ।...
नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ९ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।...
परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
  काठमाण्डौँ, कार्तिक ८ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्। ‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजि...
अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कार्तिक ९ अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हुने भएको छ। औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन कम्पनीले खोपको अन्तिम चरणको परीक्षण सुचारु गर्न आफूहरु तयार भएको बताएका छन्। गत सेप्टेम्बरको पहिलो हप्तादेखि अमेरिकामा एस्ट्राजेनिकाको खोप परीक्षण रोकिएको थियो भने गतहप्ता मात्र जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको थियो। जोन्सन एन्ड जोन्सन तथा एस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउँदा स्वयंसेवक बिरामी परेको भन्दै अमेरिकामा ती खोपको परीक्षण स्थगित गर्नु परेको थियो। यसैहप्ताको शुक्रबारदेखि दुई कम्पनीले खोप परीक्षण सुचारु गर्ने द गार्जियनले जनाएको छ। एजेन्सी...
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ। आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ८ आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा भए पनि यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरैमा मनाइँदैछ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्थ्यो। महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरा...