झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।
दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनुभयो ।
बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो ।
...
सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजो शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
“निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन”, उहाँले भन्नुभयो, “मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।”
उक्त निर्णयको ...
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा पुग्नुभएको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुग्नुभएको हो ।
उहाँले आफ्ना पार्टीका केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व शीरमायाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो ।
फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ । चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनुभएका उहाँले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताउनुभएको हो ।
अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताउनुभयो । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उहाँले भन्नुभयो, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका ...
डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको हो ।
मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ ।
जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।
बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ ।
...
आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।
प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उहाँहरुको माग छ ।
संविधानको प्रस्तावनाम...
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो ।
किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबा...
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ ।
अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् ।
सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ ।
सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने ब...