८ गते बेलुकी बालुवाटार बैठक निष्कर्ष बिहिन , देउवा र प्रचण्डको पहिलो प्रधानमन्त्री आफै बन्नुपर्ने अडान
काठमाडौं । सत्ता गठबन्धनबीच नयाँ सरकार गठनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको हो।
गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुङ्गो लाग्ने नेताहरुको भनाइ छ । प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राख्दै आएका छन् । गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ ।
राष्ट्...







