चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने
अजय मिश्र,चन्द्रौटा, १२ पुस
दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो । जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ आकर्षण र फरक अनुभव पाउने आयोजकको भनाइ छ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा ...









