Sunday, October 26
Shadow

निर्वाचन विशेष

आचारसंहितामा कडाइ गर्न थपलियाको निर्देशन

आचारसंहितामा कडाइ गर्न थपलियाको निर्देशन

निर्वाचन विशेष, ब्यानर समाचार 2
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गर्नुभयो । उहाँले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिनुभयो । उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखिपठाउन उहाँले निर्देशन दिनुभयो । प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना...
निर्वाचनमा प्रत्येक भोटको  महत्व : प्रदेश प्रमुख गुरुङ

निर्वाचनमा प्रत्येक भोटको महत्व : प्रदेश प्रमुख गुरुङ

निर्वाचन विशेष, ब्यानर समाचार 2
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । नेपाली जनताले राजतन्त्र फालेर सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने उहाँको भनाइ थियो । धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिवार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कुनै पनि प्रलोभन, लोभ लालच, डर, धाक र धम्कीमा नपरी आफ्नै विवेक प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो । “लोकतन्त्रमा जनतानै शक्तिशाली हुन्छन, निर्वाचनमा प्रत्येक भोटको उत्तिकै महत्व हुन्छ, जितेर गएका नेताले पनि जनताकै सेवा गर्नुपर्ने हुन्छ, त्यसैले लोकतन्त्रलाई बचाउन सबै नेपाली लागौँ”, प्र...
सहरी विकास मन्त्रीले फिर्ता गरे सरकारी गाडी

सहरी विकास मन्त्रीले फिर्ता गरे सरकारी गाडी

निर्वाचन विशेष, ब्यानर समाचार 2
सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।  ...
तनहुँमा मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

तनहुँमा मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उहाँले बताउनुभयो ।् व्यास नगरपालिका वडा नं २, ...
अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पार्नुभयो । “म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भन्नुभयो, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।” उहाँले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो । “प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेता कार्यकर्ता म...
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।...
ओलीको निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारमध्ये १४ जना स्वतन्त्र

ओलीको निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारमध्ये १४ जना स्वतन्त्र

निर्वाचन विशेष, ब्यानर समाचार
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । झापा–५ मा एमाले अध्यक्ष ओलीका अतिरिक्त नेपाली काँग्रेसका खगेन्द्र अधिकारी, जसपा नेपालका ओममाया आङदेम्बे, नेमकिपाका रुद्रप्रसाद दाहाल, लोसपा नेपालका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुँडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली काँग्रेस (बिपी) का शेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल उम्मेदवार छन् । यस्तै रेवती रमण खनाल, रोहित प्रसाद पौड्...
उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस पटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मङ...
कमेडियन हिमेस पन्त धादिङबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

कमेडियन हिमेस पन्त धादिङबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन् । हिमेशलाई आफ्नो पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकन्द ढकालले जानकारी दिए । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् ।...
दैलेखमा मतदाता एक लाख ५८ हजार

दैलेखमा मतदाता एक लाख ५८ हजार

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् । यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प...