Friday, September 19
Shadow

आर्थिक

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आर्थिक, टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १९ आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...
अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १८ अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो । यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ । पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।...
रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए। कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्। करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा ...
छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । ...
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर १८ टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ । त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १७ कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थाले...
अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १६ नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।...
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १५ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो । सरकारको सामथ्र्यका आधारमा देशका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।' उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक पालिकामामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण...