Sunday, April 2
Shadow

सेयर मार्केट

नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, सेयर मार्केट
अर्थशास्त्री डा.दिलनाथ दंगालले देशमा अर्थतन्त्र सुधारको संकेत मिलेको बताएका छन्। अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि सकारात्मक आशा पलाएको उनले बताए। दंगालले नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याएको बताए। रेमिट्यान्स बढ्नु, विदेशी मुद्राको सञ्चिती बढ्नु र पर्यटकको चहलपहलले अर्थतन्त्र सुधारको आशा जगाएको डा दंगालको भनाइ छ। ४२ प्रतिशतसम्मको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नु, मूल्य बृद्धि रोक्नु, उत्पादन बढाउनु अहिलेका अर्थमन्त्री विष्णु पौडेलका जिम्मेवारी रहेको उनले बताए। यसका लागि अर्थमन्त्रीले विज्ञ सल्लाहकारको टिम बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। यो काम चुनौतीपूर्ण रहेको उनले बताए। कृषि र पर्यटनलाई प्राथमिकता राखेर काम गर्न सके बाध्यकारी रोजगारीमा जाने युवाको संख्या घट्ने उनको ठहर छ।...
आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आर्थिक, ब्यानर समाचार, सेयर मार्केट
इष्टर्न हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो।...
सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

ब्यानर समाचार 2, सेयर मार्केट
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन स...
सर्वसाधारणका लागि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला

सर्वसाधारणका लागि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला

ब्यानर समाचार 2, सेयर मार्केट
इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कूल छ लाख ७० हजार तीन सय १० कित्ता शेयर रु एक सय अङ्कित मूल्यमा निष्कासन गरेको छ । कुल निष्कासित शेयरमध्ये ३३ हजार पाँच सय १५ कित्ता सामूहिक लगानी कोष र १३ हजार चार सय छ कित्ता शेयर कर्मचारीलाई छुट्याई बाँकी छ लाख २३ हजार तीन सय ८९ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ । लगानीकर्ताले निष्कासन गरेका शेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच म...
दशैँ​अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

दशैँ​अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

ब्यानर समाचार 2, सेयर मार्केट
दशैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ भने शुक्रबार र शनिबार सेयर बजार बन्द हुनेछ। आइतबारबाट असोज २२ गतेसम्म  दशैँको विदा सुरु  हुने हुदा सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् । दशैँमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से करिब १ साताका लागि बन्द रहनेछ ।  अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।...