Friday, March 13
Shadow

समाचार

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।...
बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक १४ म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।...
नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ९ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।...
परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
  काठमाण्डौँ, कार्तिक ८ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्। ‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजि...
अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कार्तिक ९ अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हुने भएको छ। औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन कम्पनीले खोपको अन्तिम चरणको परीक्षण सुचारु गर्न आफूहरु तयार भएको बताएका छन्। गत सेप्टेम्बरको पहिलो हप्तादेखि अमेरिकामा एस्ट्राजेनिकाको खोप परीक्षण रोकिएको थियो भने गतहप्ता मात्र जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको थियो। जोन्सन एन्ड जोन्सन तथा एस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउँदा स्वयंसेवक बिरामी परेको भन्दै अमेरिकामा ती खोपको परीक्षण स्थगित गर्नु परेको थियो। यसैहप्ताको शुक्रबारदेखि दुई कम्पनीले खोप परीक्षण सुचारु गर्ने द गार्जियनले जनाएको छ। एजेन्सी...
भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

जिवनसैली, टिप्स, पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् । पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ८ आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा भए पनि यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरैमा मनाइँदैछ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्थ्यो। महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरा...
नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

समाचार, समाज
नुवाकोट, कार्तिक ७ नुवाकोटका युवा व्यावसायि एबम समाजसेवि शुसिल रिजालले आफ्नो जन्मदिन जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । विदुर ४ बट्टारमा रहेको रिजाल सप्लायर्सका प्रोपाइटर समेत रहेका उनले देबिघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण एवम् अध्ययन प्रतिष्ठानमा चामल, तरकारी,नुन तेल, जुस लगाएतका खाद्यान्न सहयोग गरेका हुन् । पछिल्लो समय युवा वर्गहरु आफ्नो जन्म दिनमा हुने अनावश्यक खर्च जोगाएर सामाजिक कार्यमा लाग्न समेत उत्प्रेरित भएका छन् । ...
नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ६ अखिल नेपाल भिक्षु महासंघले लुम्बिनी प्रदेशका नव नियुक्त शहरी बिकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई आज स्थानीय आनन्दकुटी विहारमा स्वागत, बधाई तथा शुभासिस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका संघनायक बोधिसेन महास्थविर, अखिल भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविर तथा सदस्य भिक्षु तपस्सिधम्म महास्थविरले पुष्प गुच्छाले स्वागत गरेको थियो भने महासंघका महासचिब कौदन्य महास्थविर तथा सचिब राहुल महास्थविरले खादा ओढाउनु भएको थियो। मन्त्री श्रेष्ठले मुख्य विहार तथा सिमा गृहमा बुद्ध भगवान समक्ष दिप प्रज्वलन गर्नु भै पुष्प गुच्छा चढाउनु भएको थियो भने सिमा गृहमा अखिल नेपाल भिक्षु महासंघका सहभागी भिक्षुहरुले परित्रान पाठ गर्दै नव नियुक्त मन्त्रिलाई बधाई तथा शुभासिस दिनु भएको छ । आधिकारिक रुपमा संचालित उक्त कार्यक्रम अनुसार भिक्षु महास...