Monday, October 6
Shadow

समाचार

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

भौतिक दूूरी कायम गरी कुुमारीकाे दर्शन गर्न सकिने

जिवनसैली, टिप्स, पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् । पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

आज दशैँको आठौँ दिन महाअष्टमी, शक्तिपीठ सर्वसाधारणका लागि नखुल्ने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ८ आज बडादसैँको आठौँ दिन दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। आजको दिन दसैँघर लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा भए पनि यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरैमा मनाइँदैछ। काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा गर्नेहरूको बिहानदेखि घुइँचो हुन्थ्यो। राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतमा पनि भक्तजनको भीड लाग्थ्यो। महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरा...
नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन

समाचार, समाज
नुवाकोट, कार्तिक ७ नुवाकोटका युवा व्यावसायि एबम समाजसेवि शुसिल रिजालले आफ्नो जन्मदिन जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । विदुर ४ बट्टारमा रहेको रिजाल सप्लायर्सका प्रोपाइटर समेत रहेका उनले देबिघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण एवम् अध्ययन प्रतिष्ठानमा चामल, तरकारी,नुन तेल, जुस लगाएतका खाद्यान्न सहयोग गरेका हुन् । पछिल्लो समय युवा वर्गहरु आफ्नो जन्म दिनमा हुने अनावश्यक खर्च जोगाएर सामाजिक कार्यमा लाग्न समेत उत्प्रेरित भएका छन् । ...
नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ६ अखिल नेपाल भिक्षु महासंघले लुम्बिनी प्रदेशका नव नियुक्त शहरी बिकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई आज स्थानीय आनन्दकुटी विहारमा स्वागत, बधाई तथा शुभासिस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका संघनायक बोधिसेन महास्थविर, अखिल भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविर तथा सदस्य भिक्षु तपस्सिधम्म महास्थविरले पुष्प गुच्छाले स्वागत गरेको थियो भने महासंघका महासचिब कौदन्य महास्थविर तथा सचिब राहुल महास्थविरले खादा ओढाउनु भएको थियो। मन्त्री श्रेष्ठले मुख्य विहार तथा सिमा गृहमा बुद्ध भगवान समक्ष दिप प्रज्वलन गर्नु भै पुष्प गुच्छा चढाउनु भएको थियो भने सिमा गृहमा अखिल नेपाल भिक्षु महासंघका सहभागी भिक्षुहरुले परित्रान पाठ गर्दै नव नियुक्त मन्त्रिलाई बधाई तथा शुभासिस दिनु भएको छ । आधिकारिक रुपमा संचालित उक्त कार्यक्रम अनुसार भिक्षु महास...
कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
मनोज अधिकारी/टोकियो कार्तिक ६ कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् । यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याके...
तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ५ नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ इकाई समिति द्वारा आयोजित कार्यक्रममा २६ नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसम प्रवेश गरेका छ्न । वडा नम्बर ३ का इकाई सभापति दिपेस शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाको प्रमुख अथिती रहेका थिए भने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य ,लागयत नेताहरुको बिशेष उपस्थिती रहेको थियो । नेकपाका लाल बहादुर तामाङ लगाएतले पार्टी प्रवेश गर्दै अब तारकेश्वरमा नेपाली कांग्रेसको बिकल्प नभएकोले आफुहरु नेकपा परित्याग गरेर कांग्रेसमा आएको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाले नव आगन्तुक कार्यकर्ताहरू लाई स्वागत गर्दै बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना ब्यक्त गरेको नेबिसंघका नेता दिपेन्द्र ढकालले बताए । साथै उक्त कार्यक्रममा खेलकुद सामाग्री पनि बितरण...
नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।...
कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक ५ कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ। गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ। कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ।...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ५ राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।...