कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन
- अजय मिश्र
कपिलवस्तु , कार्तिक १९
कपिलवस्तुको कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन आएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरको मुख्य बजार क्षेत्र बैँक रोडमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालनमा आएको हो । आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट कार मोटर गाडी बनाउने प्रोलिङ्क अटाेमोटिभ सर्विस सेन्टर संचालनमा आएको छ ।
अटोमोटिभ सर्विस सेन्टरले आधुनिक प्रविधिमार्फत सेवा दिइने उद्धेश्यले सुविधा सम्पन्न अटाेमाेटिभ सर्विस सेन्टर सञ्चालनमा ल्याएको छ । अटोमोटिभ सर्विस सेन्टरले मल्टीब्राण्ड सेवा समेत उपलब्ध गराएको सञ्चालक गुफरान अहमद फारुकीले जानकारी दिए । कृष्णनगर मुख्य व्यापारिक क्षेत्र रहेकोले सवारी साधन मर्मतका लागि भारतको नौगढ, बलरामपुर वा नेपालको बुटवल जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सहजतमका लागि कृष्णनगरमा प्राेलिङ्क अटाेमाेटिभ सर्विसले सेवा सञ्चालनमा...









