Tuesday, April 16
Shadow

पत्रपत्रिका

निर्वाचन नै प्रभावित हुने खतरा :  आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर!

निर्वाचन नै प्रभावित हुने खतरा : आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर!

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २९ । मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ । नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टीको लेटरहेडबाट अलग–अलग पत्राचार भइरहेका छन् । ‘उहाँहरु फुटिसक्नुभएको छ तर दुवै समूहले त्यसलाई स्वीकार गरिरहनुभएको छैन, समस्या त्यहाँनिरै छ,’ आयोग स्रोतले भन्यो, ‘त्यसको असर दुई सातापछि आयोगमा देखिनेछ र समग्र निर्वाचन कार्यक्रमलाई प्रभावित बनाउने सम्भावना रहन्छ ।आजकोकान्तिपुर दैनिकमा समाचार छ । आयोगले वैशाखको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर त्यसमा भाग लिन इच्छुक दलका लागि माघ १५ गतेबाट दल दर्ताको समय दिँदैछ । संविधानले नै हरेक निर्वाचनपूर्व दल दर्ता गरिनुपर्ने व्यवस्था गरेको छ । नेकपा विवादले एएटा किनारा नलिएको अव...
आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २८ । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रस्टरुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारीसमेत गराएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । ‘अरु कसैले नेकपा पार्टीको नाममा केही मानिस बसेर गर्ने क्रियाकलाप रोकिनुपर्छ, विधान, ऐन र नियम मिचेर केन्द्रीय समिति विस्तार गर्ने र आयोगले त्यसलाई मान्यता दिने कुरा उपयुक्त हुँदैन,’ उनले भने, ‘नेकपाको नाममा पार्टीले कारबाही गरेको व्यक्तिलाई पत्राचार गरिनु गलत हो ।’ प्रचण्ड–माधव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसारै विवादको समाधान गरिनुपर्ने दबाब आयोगलाई दिएको छ । ओलीलाई अध्यक्षबाट हटाएको र त्यस स्थानमा नेपाललाई अध्यक्ष बनाएको निर्णय दल दर्ता किताबमा अद्यावधिक...
प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइएको छ । नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ । बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए । ‘चार पूर्व प्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिले...
कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा
काठमाडौं, पुस २५ । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ । सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो । असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थ...
नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ । चिनियाँ अधिकारीहरु झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन् । उनीहरु डिसेम्बर २६ मा यहाँ आएका हुन् । अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङ्मे ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन् । उनीहरु कुटनीतिक राहदानीको सट्टा सामान्यमा आएका थिए । यसअघि आएको टोलीले पनि नेकपालाई मिल्न सुझाव दिएर फर्केको थियो । तीन सदस्यीय चिनियाँ अधिकारीहरुको टोली आएको केही सातापछि नेपालका लागि चिनियँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरुसँग अनौपचार...
प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले आफू नै संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन्। तर ऐनले तोकेको प्रक्रियाअनुसार दुवै पक्षले दाबी पेस नगरेपछि आयोगले बिहीबार दुवै पक्षलाई पत्राचार गरेर सात दिनको समय दिएको हो। नेकपा विभाजनको अपसजबाट बच्न दुवै पक्षले रितपूर्वक मागदाबी नगरेका कारण आधिकारिकता विवाद टुंग्याउन कठिन भएपछि आयोगले पुनः पत्र काटेको हो। ‘नेकपा विवादमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ उपनियम ४ बमोजिम विवादका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिएर पत्र पठाउने निर्णय भएको छ,’ आयोगका प्रवक्...
निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई  छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

पत्रपत्रिका, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २० । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको छ । प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगक...
प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक विषय रहेको, राजनीतिक अनुशासन कायम गर्न ताजा जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय लिएको, विघटन संविधानसम्मत रहेकोलगायत दाबीसहित सर्वोच्चमा न्यायिक पुनरावलोकनको विषय नरहेको जनाएका छन्। ‘मैले प्रतिनिधिसभा विघटनको सिफारिस कुनै वैयक्तिक लाभका लागि गरेको होइन, देश र जनताको हितको अगाडि पद र परिवार कहिल्यै मेरा प्राथमिकताका विषय बनेनन्’, प्रधानमन्त्री ओलीको जवाफमा छ। उनले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता र जनअधिकारका लागि आधा शताब्दीभन्दा बढी लडाइँ लडेको जनाएका छन्। ‘मैले कुनै अवाञ्छित स्वार्थका लागि काम गर्नुप...
११ महिनापछि कोरोना संक्रमण दर ओरालो, दोस्रो ‘वेभ’को उच्च जोखिम

११ महिनापछि कोरोना संक्रमण दर ओरालो, दोस्रो ‘वेभ’को उच्च जोखिम

पत्रपत्रिका, समाचार
काठमाडौ , पुस १५ । । कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन् । तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०।७ प्रतिश...
चिनियाँ प्रतिनिधिमण्डलको प्रश्नैप्रश्न :  ‘नेकपा किन फुट्यो ?  ‘फेरि मिल्ने बिन्दु छ कि छैन ? ’

चिनियाँ प्रतिनिधिमण्डलको प्रश्नैप्रश्न : ‘नेकपा किन फुट्यो ? ‘फेरि मिल्ने बिन्दु छ कि छैन ? ’

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, पुस १४ । नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। नेपालमा कम्युनिस्ट शक्ति फुटेका चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ। राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ?  यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ? ’ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतबार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो। राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए। राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सब...