Monday, March 9
Shadow

आर्थिक

पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

आर्थिक, ब्यानर समाचार 2
छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ । छठ पूजा गरिने स्थानहरु केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो । छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्षेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताउनुभयो । पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक...
काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाडौँ- जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।...
राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

आर्थिक, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक १ गते अर्थात भोलि मंगलबार जारी गर्ने गरी बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । २८ दिने ट्रेजरीका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिनका लागि ५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । यसअघि असोज २४ गते राष्ट्र बैंकले ४ किसिममा कुल १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।...

आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च

आर्थिक, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।
(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जर सम्झौता भएको छ । आज होटल मेरियटमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । एनसीसी बैंक मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंक मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच १ः१ शेयर स्वाप रेसियोमा सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको नाम कुमारी बैंक, सीईओमा रमेशराज अर्याल र वरिष्ठ नायब सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल हुने सहमति बनेको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ भने कूल शाखा संख्या ३५५ हुनेछ । ...
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

आर्थिक, ब्यानर समाचार 2
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ मा सीमित भएको छ । यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमल...
नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश  घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

आर्थिक, ब्यानर समाचार 2
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ०.७९ प्रतिशत लाभांश कर तिर्नका लागि वितरण गर्न लागिएको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २२औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।...
औद्योगिक गणनाको नतिजा सार्वजनिक

औद्योगिक गणनाको नतिजा सार्वजनिक

आर्थिक, ब्यानर समाचार 2
राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार तीन सय ३३, लुम्बिनी प्रदेशमा १० हजार पाँच सय आठ, मधेस प्रदेशमा सात हजार दुई सय ७९, गण्डकी प्रदेशमा छ हजार आठ सय १८, सुदूरपश्चिममा तीन हजार तीन सय ८७ र कर्णाली प्रदेशमा एक हजार छ सय ३५ वटा उद्योग प्रतिष्ठान छन् । देशभरका उद्योग प्रतिष्ठानले तीन लाख ८१ हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले वार्षिकरूपमा रु एक खर्ब सात अर्ब ८९ करोड २६ लाख ३३...