Saturday, August 29
Shadow

Author: Interview Nepal

प्रदेश १ : छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

प्रदेश १ : छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिनुहुने भएको छ । प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने हुनुभएको हो । प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले समेत मातृभाषामा शपथ लिनुहुने भएको छ । आङ्बो नेकपा (माओवादी केन्द्र) र लङ्वा नेकपा (एकीकृत समाजवादी) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यस्तै ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले समेत मातृभाषामा शपथ लिने हुनुभएको छ । यत...
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन हुनुभएको छ । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आगामी २०८० साल व...
सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । ...
निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटारमा

निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटारमा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारी नेताहरुले सुझाव दिएका छन् । यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छ...
राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यो नभए गठबन्धन छाडेर एमालेसँग छलफल गर्ने र त्यो पनि सम्भव नभए प्रतिपक्षमा बस्ने माओवादी रणनीति नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। आइतबार बिहान माओवादी केन्द्रका उच्च नेताहरुसँग प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका हुन् । चौतर्फी घेराबन्दीमा परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकोसमेत उनले बताएको माओवादी केन्द्रका एक नेताले  जानकारी दिए। आफूलाई घेराबन्दीमा पारेर प्रधानमन्त्रीबाट रोक्न चौतर्फी प्रयास भइरहेको प्रचण्डको भनाई छ। बिहानको आन्तरिक छलफलमा नेकपा माओवादी केन्द्रले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ। तर नेकपा एमा...
अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ । अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
प्रतिगमनलाई पराजित गर्दै  एमालेलाई उभ्याउन सफल  : ओली

प्रतिगमनलाई पराजित गर्दै एमालेलाई उभ्याउन सफल : ओली

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताएका हुन् । ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत भएको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’ आलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्य...
पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह

पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए । कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको  बताएका छन् । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन। चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्‍यो,’ उनले भने। उनले भने ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ- संगठनको मात्रै भर गर्‍यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो।’ नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीका संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए।  ...
महानगरलाई अनधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन

महानगरलाई अनधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । “काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भन्नुभयो । उहा...