लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्याली सम्पन्न
कपिलवस्तु – नेपाल प्रहरीले "हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी" भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ।
अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको
र्यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी , विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
र्याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित "लागू औष...








