Monday, October 27
Shadow

Author: Interview Nepal

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, बैशाख ९ आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो। संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्...
याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, साहित्य/कला
२०८२/०१/०६ गते शनिबार, उपन्यास समाज नेपालको आयोजनामा काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए । आख्यानकार माधव बिडारी "चेतनपथ"ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ 'रोदन', केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी "भमर...
कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

ब्यानर समाचार 2, शिक्षा, समाचार
चैत ,३० काठमाडौं  तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित कालिदेवी माविले आफ्नाे ३७औं जन्म जयन्तिका अवसरमा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेकाे छ। करिब ७०० जना अभिभावककाे उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन रहेका थिए । उक्त अवसरमा नगर प्रमुख महर्जनले शिक्षामा लगानी बढाउने उद्घघाेष गरेका थिए । नेपाल सरकारले दिदै आएकाे खाजा रकम रु १५ मा रु १० थप गरि २५ पुर्‍याएको बताए । अब तारकेश्वरका सामुदायिक विद्यालयमा एउटै पाेशाक काेड हुने कुरा पनि जानकारी दिए । कार्यक्रमलाई स्वागत मन्तव्यबाट सम्बाेधन गरेका प्रअ कृष्णप्रसाद ओझाले विद्यालय सबैकाे साथ र सहयाेगबाट अगाडि बढिरहेकाे बताए । अन्तमा विव्यस अध्यक्ष टंक अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम सकिएकाे थियाे ।...
विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी

विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी

समाचार
अजय मिश्र, कृष्णनगर, चैत्र २६ नेपाल विद्युत प्रधिकरणले आज अधिराज्यभर विद्युतीय सुरक्षा दिवस मनाएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सुरक्षा सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो। कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्...
कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

समाचार
कपिलवस्तु /कृष्णनगर, चैत्र २२ प्रतेक वर्ष को भाति यो वर्ष पनि कृष्णनगर नगरपालिका वडा नम्बर ३ रानी ग्राउंडमा चैत २३गते दिन शनिवार देखी नाईट क्रिकेट आरम्भ हुने छ। प्रथम दिन ग्रेंड कॉस्मो VS गोरूसिंगे बिच यो कड़ा महामुकाबला हुनेछ। यस खेलमा नेपाल को ३२ टीम ले भाग लिने छन।विजेता टीम लाई १,३१,000 हजार र उपविजेता टीम लाई ६५,000 हजार पुरस्कृत गरिने छ। यो खेल कमतीमा १0 दिन चलने छ।यस खेलका आयोजक जय नेपाल स्पोर्ट्स क्लब द्वारा हुने छ।...
नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

समाचार
  नेकपा एमाले शिवराजनगर कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । शिवराज नगरपालिका वडा नम्बर ५ बगैँचा टोलमा टाेल कमिटी गठन गरेकाे छ । गिरी सापकोटाको  नेतृत्वमा १५ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे  उपाध्यक्षमा ,  सृजना ढुंगाना सचीव हुम बहादुर के.सी. ,सह-सचिवमा विमला अधिकारी सदस्य महेश बस्नेत सरिता सापकोटा अनिता बस्नेत सीता आचार्य बिमला पौडेल। लगायत कमिटीमा चयन भएका छन् त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ। कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो। कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्...
प्रधान पाण्डेयको निधन 

प्रधान पाण्डेयको निधन 

समाचार
कपिलवस्तु, चैत्र, १८ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बस्ने योगेन्द्र पाण्डेयको हिजो आसामाहिक निधन भएको छ। उहां भलवारी पंचायतका प्रधान थिए तथा विभिन्न समयमा जनताहरूको साथमा हातेमालो गर्दै विभिन्न आन्दोनलमा समेत सहभागी हुदै जनताको पक्षमा सधै वकालत गर्दै आएका थिए। स्वर्गीय सांसद अजय प्रताप शाहका बालशखा तथा पूर्व मंत्री ईश्वर दयाल मिश्रका काका रहेका उनि सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएर सदाका लागि आज एक योद्धा अस्ताए। सामाजिक संजालमा पाण्डेयको निधन प्रति विभिन्न व्यक्ति हरूले दुख व्यक्त गरेका छन्।...
पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

समाचार
  २०८१, १५ चैत्र  कपिलवस्तु – पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए । चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भए पनि पछिल्लो...
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, चैत्र १४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ। विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो। लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथा स्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए। प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रका लगायत स्थानीय हरूको वृहत उपस्थित रहेको थियो।...
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र ११ कपिलवस्तुको कृष्णनगरका मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन । यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उहाँको मनोनयनसँगै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ।...