Thursday, May 7
Shadow

Author: Interview Nepal

पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १९ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ। आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।...
कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भने । उनले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारे । अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गरे ।...
रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

आर्थिक, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १९ रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरेर पनि बीमालेख अवधिभर सुरक्षा पाउने लिमिटेड इन्डाउमेन्ट पोलिसी ल्याएको छ। यो योजना खरिदपछि यदि बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी प्राप्त गर्नेछन्। यो योजना १६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ। यस योजनामा बीमाअवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहेको छ। योजनाको बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ। यो पोलिसी खरिद गर्दा बीमितले थप न्युनतम शुल्क भुक्तानीमा दुर्घटना मूत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुव...
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक १९ भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । करिब १५ जना जति प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।...

BBQ Beginning Boys

Uncategorized
Weber is the principal brand throughout bbqing technologies. People African-american political figures must get some exactly what certain ideas for the challenge of our men and even women. With the identical second, those Weber gas gas barbecue grills include workable queues, aluminum Flavorizer rungs, and stylish steel duration designs. (more…)
एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...
मंगलबार थपिए ३११४ जना कोरोना संक्रमित

मंगलबार थपिए ३११४ जना कोरोना संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा जनाको ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ।...
बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर

बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर

जिवनसैली, समाज, साहित्य/कला
यी अधरमा बाध्यताको मुस्कान राखेर बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर ।। हिडेका छौं कर्मपथमा जीउ ज्यान नभनी छातीभरी चोटैचोटको ठूलो मैदान राखेर ।। खोइ कस्ले बुझ्छ पिडा स्वास्थ्यकर्मीको केही हुनेवाला छैन महोदय विधान राखेर ।। चाहिदैनन् तिम्रा आश्वासनका भकारीहरू हिडेकै छौं अप्ठ्यारोमा स्वाभिमान राखेर ।। सेवामा तत्पर छन् गल्ने छैनन् यी हातहरू अँध्यारो रातमापनि सुनौलो बिहान राखेर ।। के थाहा पजेरोमा गुड्नेहरुलाइ वास्तविकता हिडेका छौ सधैं दायाँ बायाँ जवान राखेर ।। अन्जु सापकोटा “अनु” बर्दिया...
पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित, कतै छिटफुट वर्षा

पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित, कतै छिटफुट वर्षा

ब्यानर समाचार, मौसम, समाचार
काठमाण्डौँ, कार्तिक १८ पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार पश्चिमि वायुको प्रभाव रहने जनाएको छ।  “यो बलियो प्रणाली छैन, बिहीबारबाट मौसम सफा रहनेछ,” महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्। मनसुनको समय जेठदेखि असोजसम्म हावाको बहाउ सामान्यतया पूर्वबाट पश्चिमतर्फ हुन्छ। हिउँदमा भने पश्चिमबाट पूर्वतर्फ बहन्छ। जाडो याममा बहने पश्चिमी वायुले नेपालमा हिमपात गराउँछ। तर, यसपालीको पश्चिमी वायुको ठूलो प्रभाव नरहेकाले अन्नबालीलाई नोक्सान गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ। प्रशान्त महासागरको तापक्रममा आउने घटबढले पश्चिमी वायुको प्रभावित हुन्छ।...
प्रकाश सापकोटाको स्वरमा “सम्झना धेरै छ” भिडियो सार्वजनिक

प्रकाश सापकोटाको स्वरमा “सम्झना धेरै छ” भिडियो सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर,कार्तिक १८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सापकोटा , कबिता फुयाल ,रबिन गहतराज र रिता ठकुरी को स्वरमा नयाँ गीत “ सम्झना धेरै छ ” सार्वजनिक भएको छ। यो गीतमा शब्द गायिका रिता ठकुरी रहेको छ भने संगीत दिनेश सुन्दास को रहेको छ । यस गितलाई संगीत संयोजन नारायण दङ्गगल ले गरेका छन् । मिलन फिल्मस् प्रा लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा मुकेश हुमागाई कोे छायांकन रहेको छ भने रोशन धिताल ले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई एम एफ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई मान बहादुर बराल ले मिक्सिङ गरेका हुन् । मिलन श्रेष्ठ ...