Tuesday, May 12
Shadow

Author: Interview Nepal

दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १० । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ । अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् । तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रिय...
सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा छ :  सञ्चारमन्त्री गुरुङ

सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा छ : सञ्चारमन्त्री गुरुङ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालले सूचना र प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले यसमा मित्रराष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभव उपयोगी हुने बताएका छन् । मन्त्री गुरुङले नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा इजरायलले स्याटलाइट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएपछि सो धारणा व्यक्त गरेका हुन् । “सूचना र प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयननलाई प्राथमिकताका साथ अघि बढाएको छ”, उनले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेका विकास नेपालका लागि अतिउपयोगी हुनेछ ।” उनले नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्ष पूरा हुने गरी सूचना र प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा...
गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ :  प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार
काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए । महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौंदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा...
डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...
विप्लव नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

विप्लव नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

मुख्य समाचार, राजनिती
काठमाण्डौ , फागुन १० । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा हुने भएका छन् । सर्वोच्च अदालतले उलाई रिहा गर्न आदेश दिएसँगै रिहा हुने भएका हुन् । न्यायधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । उनलाई चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो ।...
प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो  रहेछ  कारण

प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो रहेछ कारण

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १० । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार भेटवार्ता गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले नेपाली सेनाको जग्गाको विषयमा प्रधानसेनापति थापा र प्रधानन्यायाधिश राणाबीच छलफल भएको जानकारी दिएका छन् । सेनाले भोगचलनमा रहेको ३७ रोपनी जग्गा मध्ये नौ रोपनी जग्गामा सर्वोच्च अदालतले नयाँ भवन बनाएको र बाँकी जग्गामा सेनाको गणलाई जग्गा कमी भएले समन्वयका लागि प्रधानन्यायाधीशलाई भेटेको प्रवक्ता पौडेलले बताए । पछिल्लो समय नेकपामा विवाद भइरहेकै बेला प्रधानसेनापति थापा सर्वोच्च अदालतमा गएर प्रधानन्यायाधीशसँग भेटघाट गर्नु लाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।...
रमेश बिजीको शब्द तथा गायक उद्धब कार्कीको लयमा “ पापिनी ” सार्वजनिक

रमेश बिजीको शब्द तथा गायक उद्धब कार्कीको लयमा “ पापिनी ” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर,फागुन १० । गित सगित बजारमा आउने क्रममा गायक उद्धब कार्कीको “ पापिनी ” बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा गायक उद्धब कार्कीले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । नुवाकोटे कोहि भन्दा कोहि कम छैन् ,जुटौं भो नछुटौं,भाबिको लेखान्त, लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने एक सफल गायक हुन् । यस गीतलाई शब्द प्रतिभाका खानि रमेश बिजीले भरेका हुन् । बक्ता पनि हुन् भने यस गीतमा संगित गायक उद्धब कार्कीको रहेको छ । उद्धब कार्की र रोजिना बस्नेतको “ पापिनी ” बोलको गित बजारमा आएको हो । “ पापिनी ” गित लाई एरेन्ज नारायण दङ्गगालले गरेका छन् । भिडियो निर्देशन स्मृति तिमल्सिना , सिनेमाटोग्राफर सुरेश श्रेष्ठ , सम्पादन प्रकाश धमलाले गरेका छन् । यस गितमा सारिका के सी, महेन्द्र गौतम र सुर्दशन खतिवडाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सोही गितको म्युजिक भ...
स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

खेलकुद, मुख्य समाचार
काठमाडौँ , फागुन १० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार बार्सिलोनालाई काडिजले १-१ गोलमा रोकेको हो । खेलका दुवै गोल पेनाल्टीबाट भएका थिए । बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको ३२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो । यो बराबरीपछि बार्सिलोनाले रियल म्याड्रिडसँगको अंक दुरीलाई कम गर्न असफल भएको छ । बार्सिलोनाको २३ खेलमा ४७ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको २३ खेलमा ५५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै काडिजको २४ खेलमा २५ अंक रहेको छ भने लिगमा १४औ स्थानमा रहेको छ ।...
‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना

‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना

मनोरञ्जन, मुख्य समाचार
काठमाडौं , फागुन १० । बिग बोस सीजन १४ को उपाधि रुबिना दिलाइकले हात पारेकी छिन् । उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी हुन् । टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् । फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् । राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । ‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।...
काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की

काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १० । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०स्३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भने । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थ...