सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह
साउन १३ गते
सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने भएको छ। यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पुर्याउन यो कदम चालिएको उल्लेख छ।
गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको प्रत्यक्ष प...









