
शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह
कृष्णनगर, कार्तिक १३
कपिलवस्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उहाले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो ।
प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो ।
तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो ।...