सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी
कपिलवस्तु, २०८१ माघ १९
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट मिति २०८१/११/१९ गते जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु,बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,००,५००/- (एक लाख पाँच सय) बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको ।
साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रू...









