Tuesday, April 30
Shadow

नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिनुपर्छ: गगन थापा


  • -इ
  • इ+

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।

महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन् । उनले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए।

नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए।

सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको आरोप लगाइन् । सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उनले उल्लेख गरिन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares