Tuesday, May 7
Shadow

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ७
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् ।

ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको बताइएको छ ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्। सूर्य चिन्ह र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए।

‘हामीसँग ७० प्रतिशत मत छ। घर छाडेर जानेले घर पाउँछ र? अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares