Wednesday, May 8
Shadow

संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र २२
आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् ।

मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन्

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा
२० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासिक रहेको मुलूक लाइ धर्मनिरपेक्षता जबरदरर्स्त लादियो । अनेकतामा एकता बाँधिएर राखिएको शाहवंशीय राजसंस्था लाई षड्यन्त्र पूर्वक विस्थापन गरियो । आज शाहवंशीय राजसंस्थाको आवश्यकता आमनेपाली दाजुभाई तथा दिदीवहीनी हरुले महशूस गरेका छन् । व्यवस्था परिवर्तन गर्ने २ वटा तरीका इंकलाब, शान्ति पूर्ण आन्दोलन अनि शसस्त्र आन्दोलन र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले अंहिशात्मक आन्दोलन को बाटो रोजेको छ । यही असोज ३ गते दिनको ११ बजे माइतिघर मण्डलामा भेला भई ऱ्यालि सहित नयाँ बानेश्वर मा पुगि बृहत आमसभा गरी चरणबद्ध आन्दोलनको उद्धघोष गरिने छ । यस कार्यक्रममा विभिन्न संघसंस्था, धार्मिक संस्था, विचार मिल्ने राजनीतिक दल लगायत संपूर्ण महानुभावहरूलाई यस कार्यक्रममा उपस्थित भई राष्ट्र बचाउ आन्दोलनलाई सफल पारीदिनु हुन अनुरोध गर्दछौं ।

हाम्रा उद्देश्यहरू :
१ संवैधानिक राजसंस्था स्थापना
२ वैदिक सनातन हिन्दू अधिराज्य कायम
३। संस्थागत भ्रष्टाचारको अन्त्य
४ स्वास्थ्य र शिक्षा निशुल्क
५ कृषि र औद्योगिक क्रान्ति
६ स्वदेशमा रोजगारीको व्यवस्था
७ स्वच्छ छवि बोकेका र योग्य व्यक्तिहरू लाई प्रशासनिक अनि राजनीतिक जीम्मेवारी लिन प्रोत्साहन दिने
प्‍ मानव अधिकार र प्रेस स्वन्तन्त्रताको ग्यारेण्टी
९ उद्येश्य प्राप्ति नहुन्जेल । गठबन्धन र मोर्चा कायम राख्ने

संयोजक : हेम विक्रम सिलवाल
प्रचार प्रसार विभाग
संयुक्त जनआन्दोलन मोर्चा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares