Saturday, May 11
Shadow

Tag: आदिवासी जनजाति

आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ७ नेपाल कम्युनिस्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा संस्थागत भएको आदिवासी जनजातिको हक अधिकारमाथि निर्ममतापूर्वक प्रहार भएको बताएका छन् । उनले आदिवासी जनजाति महासंघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै असंवैधानिक रुपमा संसद् विघटन गरेर आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार गरिएको बताएका हुन् । दाहालले यस संविधानमा आदिवासी जनजातिको अधिकार र पहिचानलाई अधिकतम समेटेको बताउँदै भने, ‘समावेशी र समानुपातिकतालाई सम्बोधन गर्न कोसिस गरिएको याे नै पहिलो संविधान हो । तर केपी ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेका छन् ।’ संविधानलाई अतिक्रमण गर्ने काम भएको उनको भनाइ छ । उनले संविधान र संघीय गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।...