Friday, April 26
Shadow

Tag: रामकुमारी झाँक्री

संसद् पुनर्स्थापना भएपछि खुसी हुँदै झाँक्रीले भनिन्- तानाशाही कदमको अन्त्य भयो

संसद् पुनर्स्थापना भएपछि खुसी हुँदै झाँक्रीले भनिन्- तानाशाही कदमको अन्त्य भयो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ११ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छन्। आज दिउँसो सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेकी हुन्। ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो,’ उनले लेखेकी छन्, ‘यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।’...
प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २० सत्तारुढ नेकपाकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेकी छन् । प्रतिनिधि सभा विघटनपछि विभाजित भएको (कानुनी मान्यता पाउन बाँकी) नेकपाको प्रचण्ड–नेपाल समूहकी झाँक्रीले हास्यव्यंग्यले मुलुक नचल्ने भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी हुन् । केही दिनयता भइरहेका भेला र सभामा प्रधानमन्त्री ओलीले हास्यव्यंग्यको शैली प्रचण्ड–नेपाल समूहका नेताहरुको टिकाटिप्पणी गरिहेका बेला झाँक्रीको सो अभिव्यक्ति सार्वजनिक भएको हो । सोमबार चितवनको भरतपुरमा आयोजित नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हा । देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ बाँचुन्जेल शक्तिमा र...