Friday, April 19
Shadow

Tag: प्रधानमन्त्री कमेडी

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २० सत्तारुढ नेकपाकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेकी छन् । प्रतिनिधि सभा विघटनपछि विभाजित भएको (कानुनी मान्यता पाउन बाँकी) नेकपाको प्रचण्ड–नेपाल समूहकी झाँक्रीले हास्यव्यंग्यले मुलुक नचल्ने भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी हुन् । केही दिनयता भइरहेका भेला र सभामा प्रधानमन्त्री ओलीले हास्यव्यंग्यको शैली प्रचण्ड–नेपाल समूहका नेताहरुको टिकाटिप्पणी गरिहेका बेला झाँक्रीको सो अभिव्यक्ति सार्वजनिक भएको हो । सोमबार चितवनको भरतपुरमा आयोजित नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हा । देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ बाँचुन्जेल शक्तिमा र...