Wednesday, May 8
Shadow

Tag: दाहाल भारततर्फ

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, पुष २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार भारतको मुम्बइ गर्ने तयारी भएको छ । उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए । सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।...