Friday, April 26
Shadow

Tag: अपिल

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ११ कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् । विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, 'विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले...