काठमाडौं , पुस ९ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने भएको छ ।
आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्ने कांग्रेस स्रोतले बताएको छ ।कांग्रेसले आगामी कदम कसरी अगाडि बढाउने भन्नेबारे आजको बैठकबाट रणनीति लिने छ ।
बुधबार बसेको बैठकमा बोल्ने नेताहरूले संसद विघटनविरुद्ध सडक आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । यसैबीच हिजोको बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो ।