Friday, September 6
Shadow

संसद् बैठक बस्दै, गृहमन्त्री लामिछानेले पाउलान त बोल्न ?


  • -इ
  • इ+

काठमाडौं- आज संसद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि बोल्ने कार्यसूची रहेको छ ।

शुक्रबारको कार्यसूचीमा भने उनले बोल्ने भन्ने तय थिएन । सत्तापक्ष र प्रतिपक्षबीच शनिबार सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएसँगै गृहमन्त्री लामिछानेले पनि संसदमा बोल्ने कार्यसूचीले स्थान पाएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ७ वटा विषय छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares