Friday, March 29
Shadow

बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना , कुन कसुरमा कति जरिवाना ?


  • -इ
  • इ+
 काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको कसुरमा हुने जरिवाना बढाएको छ। यसअघि न्युनतम ५०० नेपाली रुपैयाँबाट सुरु हुने जरिवाना अब १००० रुपैयाँबाट हुने भएको छ।
क) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:
– दर्ता नगरी सवारी चलाएमा।
– विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा।
– बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा।
ख) रु.१००० जरिवाना हुने कसुरहरु:
– सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको।
– सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको।
– दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्याएको/सम्पर्कमा नआएको।
– मादक पदार्थ सेवन गरी सवारी चलाएको।
– सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा।
– सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको।
– यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा।
– सार्वजनिक सवारीमा धुम्रपान गरेमा।
– खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा।
– यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा।
– लामो वाटोमा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा।
– गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा।
– तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा।
– सवारीको अन्य भागमा मानिस राखेको।
– अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको।
– प्रयोजन विपरित सवारी चलाएको।
– पटके बाटो इजाजत नलिई सवारी चलाएमा।
ग) रु.१५०० जरिवाना हुने कसुरहरु:
– ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा।
– सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा।
– सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको।
– सडकमा गलत साईड तर्फबाट सवारी चलाएको।
– एकतर्फी सडकमा सो विपरित सवारी चलाएको।
– अवस्था ठिक नभएको सवारी चलाएको।
– राति बत्ति नवालि सवारी चलाएको।
– सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको।
– नम्बर प्लेट नराखी सवारी चलाएको।
– पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाएको।
– सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको।
– लापरवाहिका साथ सवारी चलाएको।
– सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको।
– स.चा.अ.प., स.द.कि., स.इ.प. साथमा नराखी सवारी चलाएको।
– ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको।
– ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिएको।
त्यस्तै मा.प.से., लेन, तिब्रगति र रातो बत्ती उल्लंघन कसुरमा अनिवार्य सचेतना कक्षा पनि लिनु पर्ने भएकोले सम्पूर्ण प्रक्रियाहरु काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हुने छ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares