Friday, March 29
Shadow

Tag: सर्वदलीय बैठक

सर्वदलीय बैठकः राष्ट्रपतिले भनिन्ः दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

सर्वदलीय बैठकः राष्ट्रपतिले भनिन्ः दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’ राष्ट्रपति भण्डारीले आफू संविधानको अक्षरंश पालना गर्दै अघि बढ्ने बताएकी छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए । ...
कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ६ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्। आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको...