Friday, April 19
Shadow

आजदेखि फुलपातीसम्म न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ खुलामञ्चमा


  • -इ
  • इ+

न्यूरोड क्षेत्रमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गतेबाट पार्किङको व्यवस्था मिलाइएको हो।

न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares