Wednesday, May 8
Shadow

Tag: कोरोना सङ्क्रमण

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा...
क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

खेलकुद, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २६ क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ। यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन्। उनले केहीअघि मात्र आफ्नो फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन्। हलुका लक्षणसँगै हिजो बिहानबाट स्वाद र गन्ध दुवै नहुँदा उनी आफैले घरमै सुरक्षित रूपमा दुई दिनयता आइसोलेसनमा बसेको पनि उनले जनाएका छन्। उनलाई आज बिहान कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिँदा रिपोर्ट पोजिटिभ आएको उनले लेखेका छन्। यससँगै उनले गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना पनि दिएका छन्।...