Saturday, April 20
Shadow

Tag: महाधिवेशन

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १६ काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए । उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’ कां...
सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

राजनिती, शिक्षा, समाचार
  मङसिर ४ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धादिङ क्षेत्र न. २ बाट डेभिड घलेको सङघीय क्षेत्रको अधिवेशनमा महाधिवेशन प्रतिनिधि (अल्पसङख्यक तर्फ) पदको उम्मेदवारी दिएका  छन् । महाधिवेशनलाई अझ प्रभावकारी रुपमा सफल पार्नका लागि नेपाली कांग्रेश पार्टी लाई माया गर्ने सम्पूणलाई सहयोग गर्नका लागि घलेले आह्वान गरेका छन् । घले सक्रिय रुपमा विद्यार्थी राजनितिमा लाग्दै आएका सहनशिलता भएको व्यक्ति हुन । युवाहरुको नेतृत्व अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । विद्यार्थी राजनिति गर्दै आएका उनि शिक्षा क्षेत्रमा आएका विकृति,विशङगतिको न्युनिकरण गर्न अझै आवश्यक रहेको बताउदै आएका छन् । नेपाल विद्यार्थी संघ धादिङका पूर्व सचिव समेत रहेका घले युवाहरुमा चिरपरिचित, लगनशिल, मिहिनेती, अध्ययनशील, कर्तव्यनिष्ठ, सहयोगि र मिलनसार भावना भएका छन् ।  ...