Monday, May 6
Shadow

Tag: sangla

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...