Wednesday, April 24
Shadow

Tag: remityaansa

३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...