Friday, April 26
Shadow

Tag: oli prachand

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

ब्यानर समाचार, समाज
काठमाडौं , पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो । यसैबीच प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् । सीताको स्वास्थ्य केही वर्षयता खस्क...