Thursday, March 28
Shadow

Tag: nekpa

फुटको निर्णायक विन्दुमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी

फुटको निर्णायक विन्दुमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ७ । सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। दुई पक्षले आज बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यी दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुने मानिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग-अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि पार्टी फुट्ने निश्चित भएको हो । प्रचण्ड(माधव नेपाल पक्षले दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुको भनाई छ । आजको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही गरेपछि बुधबारको संसदीय दलको बैठकले ओलीलाई हट...