Thursday, March 28
Shadow

Tag: ipo

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र २२ तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले...
सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, साउन १९ सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन...
यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २४ यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखी बिक्री खुला गरिएको छ । कम्पनीले आज (असार २४ गते, बिहीबार) देखि सर्बसाधारणमा प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको हो । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको हो । कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई , ३ लाख २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधाधरण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र यदि २८ गतेसम्म पनि आवेदन नपरेमा मात्र साउन ७ गतेसम्म आवेदन दिन पाईन्छ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्र...