Wednesday, May 8
Shadow

Tag: hit bahadur tamang

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...