Saturday, May 18
Shadow

Tag: ८ औं महाधिवेशन

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

मुख्य समाचार, राजनिती, समाचार
१२ पुष,काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।...