Wednesday, May 1
Shadow

Tag: हिमपहिरो

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ २६ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । अन्य २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरु...