Thursday, April 25
Shadow

Tag: सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । ...