Thursday, April 25
Shadow

Tag: सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । दसैँ नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजदेखि सुरु भएको बजार अनुगमन गरी पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर...