Thursday, April 25
Shadow

Tag: सुत्केरी

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

मुख्य समाचार, विचार, समाचार, समाज
काठमाडौं, ६ चैत । १४ वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जोकोहीको पनि मन अमिलो हुन्छ । अन्तर जातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौंको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो । उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा छै...